सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारण सभा शनिबारदेखि सुरु

सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारण सभा शनिबारदेखि सुरु

पोखरा : पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ ।

कोरोना महामारीका कारण सप्ताहव्यापी रुपमा गर्न लागेको साधारण सभाको एक समारोहकाबीच पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरे ।

पोखरा – ३३ कालिकास्थानस्थित प्रधान कार्यालय सहित पोखरा – ३३ कै लामगादी र पुँडीटारका साथै पोखरा – ८ को न्यूरोड एवम् पोखरा – २९ का भण्डारढिक र पुलचोकस्थित सेवा केन्द्रहरूबाट सेवा प्रवाह भैरहेको उक्त सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारण सभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सेवा केन्द्रहरू मार्फत गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा सल्लाहकारद्वय केशरप्रसाद निदोर्षी र ठूला यज्ञप्रसाद अधिकारी, सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारी लगायतले शेयर सदस्यको विश्वास जित्ने गरी थप रचनात्मक कार्यक्रम सहित क्रियाशिल बन्न आग्रह गरे । संस्थाका सचिव यज्ञप्रसाद आचार्यद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद कंडेलले स्वागत गरे भने शिक्षा समिति संयोजक निर्मल आचार्यले सहकारीका सिद्धान्त वाचन गरेका थिए ।

सहकारीले दुई हजार १०९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ ।

सम्बन्धित खवर