विदेशमा रहेका युवाहरुद्वारा मृगौला पीडित कल्पना भट्टलाई १ लाख ३६ हजार सहयोग

विदेशमा रहेका युवाहरुद्वारा मृगौला पीडित कल्पना भट्टलाई १ लाख ३६ हजार सहयोग

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ता निबासी मृगौला पीडित कल्पना भट्टलाई वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूले १ लाख २५ हजार र अन्यदेशहरु बाट गरि जम्मा १ लाख ३६ हजार सहयोग गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा शुक्रबार एक कार्यक्रम गरि उक्त रकम स्थानीय समाजसेवी युवा प्रवेश खड्का मार्फत पीडितका ससुरा सुर्य बहादुर भट्टलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममै पीडितका ससुरा भट्ट भाबुक भइ सहयोग गर्नुहुने सबैमा हृदय देखिनै धन्यवाद व्यक्त गर्दै अफ्ट्यारो परिस्थितिमा गरेको यो सहयोग जीवन भर आफुले कहिले नबिर्सने बताउनु भयो ।

परिवारको आर्थिक अवस्था कमजोर भएकोले आर्थिक अभाव भएकै कारण उपचारबाट बन्चित नहुन भनी वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका उदयपुरका युवाहरुद्वारा उपचार रकम संकलनमा लागेका थिए र उक्त कार्यमा नेपालका विभिन्न जिल्लाबाट बिदेशमा रहेका नागरिकहरु साथै बङ्गलादेश र बर्माका नागरिकले पनि सहयोग गरेका थिए ।

सम्बन्धित खवर