राजस्थानलाई ४६ रनले हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

राजस्थानलाई ४६ रनले हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १२ रनमा पहिलो विकेट गुमायो । दिल्लीका लागि ओपनर शिखर धवन मात्र ५ रनमा आउट भए।

अर्का ओपनर पृथ्वी श १९ रनमा आउट भएपछि दिल्लीले ४२ रनमा दोस्रो विकेट खेर फाल्यो । यस्तै कप्तान श्रेयस ऐयर पनि २२ रनमा आउट हुँदा दिल्लीको स्कोर ५० रन थियो । त्यसपछि ७९ रन हुँदा दिल्लीले चौथो विकेट गुमायो । रिसव पन्त मात्र पाँच रनमा पेभेलियन फर्किए । दिल्लीका लागि मार्कुस स्टोनीसले ३९ रन बनाए भने सिमरोन हिटमेयरले ४५ रनको योगदान गरे ।

दिल्लीको स्कोर एक सय नौ रन हुँदा पाँचौ विकेट गएको थियो भने एक सय ४९ रनमा छैठौ‌ँ र एक सय ८१ रनमा सातौं विकेट झरेको थियो । उसका लागि अक्सर पटेलले १७ रन बनाए भने हर्षल पटेलले १६ रनको योगदान गरे।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले तीन विकेट लिए । जवाफमा राजस्थान १९ ओभर ४ बलमा एक सय ३८ रनमा अलआउट भयो । खराब सुरुवात गरेको राजस्थानले १५ रनमा पहिलो विकेट गुमायो भने एक सय रन बनाउँदा सात विकेट खेर फालेको थियो ।

राजस्थानका लागि जोस बट्लरले १३ रन बनाए भने स्टिभ स्मिथले २४ रनको योगदान गरे । यस्तै यसस्वी जैसवालले ३४ रनको योगदान गरे । राजस्थानका सञ्जु सामसन पाँच रनमा आउट भए भने महिपाल लोमोरले एक रन मात्र बनाए । एन्र्डु तेई मात्र ६ रनमा आउट भए भने जोफ्रा आर्चर दुई रनमा पेभेलियन फर्किए ।

राजस्थानका लागि राउल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । जारी लिगमा दिल्लीले ६ खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच खेलमा जित निकालेको छ । राजस्थानको भने ६ खेलमा चौथो हार हो । उसको मात्र चार अंक रहेको छ । उसले अहिलेसम्म दुई खेलमा मात्र जित निकालेको छ ।

सम्बन्धित खवर