दसैंमा बुढापाकासँग गएर टीका नलगाउन सरकारको आग्रह

दसैंमा बुढापाकासँग गएर टीका नलगाउन सरकारको आग्रह

दसैंमा बुढापाकासँग गएर टीका नलगाउन सरकारको आग्रह

सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गर्नुभएको हो ।

‘धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ’ प्रवक्ता गौतमले भन्नुभयो, ‘बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ ।’ उहाँले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न पनि आग्रह गर्नुभयो ।

आफ्नो पाका सदस्यहरुसँग आर्शिवाद लिने क्रममा संक्रमण सारेर दुर्घटना निम्त्याउने योजना बनिरहेको छ कि भनेर सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले दसैंमा भीडभाडमा गएर किनमेल नगर्न भन्दै घरमै बनाएको खाने कुरा घरकै सदस्य मात्र बसेर खान सुझाब दिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको बेला मन्त्रालयले सचेत हुन आग्रह गरेको हो ।

सम्बन्धित खवर