दशैं गीत ‘आहै चचहुइ’ सार्वजनिक

दशैं गीत ‘आहै चचहुइ’ सार्वजनिक

मंगल धुनले दशैंको आगमन संकेत गर्छ। गीत संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ। त्यसैले मंगल धुनसँगै दशैं विशेष विभिन्न गीत सार्वजनिक भैरहेका हुन्छन् ।

यस्तैमा दशैँ तिहारको रमाइलो माहोललाई वर्णन गर्ने ‘आहै चचहुइ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीत गायक प्रजित श्रेष्ठको रहेको छ।

म्युजिक भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो। गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई गायक श्रेष्ठकै अफिसिएल च्यानल प्रजित श्रेष्ठमार्फत सार्वजनिक गरिएको छ।

दशैँ तिहारको अग्रिम शुभकामना व्यक्त गर्दै गायक श्रेष्ठलेयस भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पुर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: