बीपीमा धरानका कोरोना सङ्क्रमितको मृत्यु

बीपीमा धरानका कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।

असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए । योसँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

प्रतिष्ठानमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ भने पुगेको छ ।

सम्बन्धित खवर