गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार

गर्भवती महिलाको हेलिकप्टरद्वारा उद्धार

ताप्लेजुङ : ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत आठराई त्रिवेणी गाउँपालिका-३ हाम्पाङकी सुत्केरी हुन नसकेकी ३५ वर्षीया चन्द्रकला विकको उद्धार गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले बताउनुभयो । विकलाई हिजो बेलुका उद्धार गरी थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।

ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाले महिलामा गम्भीर स्वास्थ्य समस्या देखिएको बताउनुभयो ।

सम्बन्धित खवर