लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ

लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ

बिर्तामोड : झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका भारतीय नागरिक ३४ वर्षीय कृष्ण राय रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधबार बिर्तामोड–०३ सैनिक मोडमा शंका लागेर चेकजाँच गर्ने क्रममा निजको साथबाट चुरोटको बट्टाभित्र राखिएको प्लाष्टिक सहित ६.९९ ग्राम (प्लाष्टिक बाहेक ६ ग्राम ५०० मिलीग्राम) ब्राउन सुगर जस्तो देखिने मिसाइलो पदार्थ बरामद गरेको थियो ।

रायलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

सम्बन्धित खवर