विराटनगर : कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै राखिएका विराटनगर ५ का एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।
विराटनगर ५ का ८२ वर्षीय वृद्धको ६ः३० बजेतिर मृत्यु भएको जानकारी आएको महानगरपालिकाले जनाएको छ ।
बृद्धमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । १९ गते उनको रिपोर्ट पोजेटिभ आएपनि घरमै राखिएको थियो ।
बुधबार रातिबाट वृद्धको स्वास्थ्यमा थप समस्या देखिएकोमा अस्पताल लैजान नपाई उनको मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिनुभएको छ ।