प्रदेश १ मा ३४३ जना कोरोना संक्रमित थपिए, १० जना डिस्चार्ज

प्रदेश १ मा ३४३ जना कोरोना संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला र १ पुरुष, रंगेलीमा २ महिला र १ पुरुष, बेलबारीमा १ महिला र २ पुरुष, सुन्दरहरैचामा २ महिला र १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी र धनपालमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ५३ महिला र ६१ पुरुष, इटहरीमा ५ महिला र ३ पुरुष, बराहक्षेत्र र दुहवीमा २–२ पुरुष, भोक्राहा नरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । त्यस्तै झापाको विर्तामोडमा २ महिला र ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला र ३ पुरुष, गौरादहमा २ महिला र २ पुरुष, मेचीनगरमा १ महिला र १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला र १ पुरुष, इलामको मांसेबुङ र देउमाईमा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ ।

प्रदेशमा बुधबार कोरोनमुक्त भई १० जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन । हालसम्म ४ हजार १३२ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १३१० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर