नाजिरसँग मस्त जुम्ल्याहा प्रिन्सी-प्रिज्मा !

नाजिरसँग मस्त जुम्ल्याहा प्रिन्सी-प्रिज्मा !

काठमाडौं : अभिनेता नाजिर हुसेन र मोडल प्रिन्सी र प्रिज्मा खतिवडा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका विन्दु परिवारको स्वरमा समावेश ‘माया गर्छु है’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने सुदिप सागरको संगीत छ ।

यो भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । शान थापा भिडियोको निर्देशक हुन् ।

गत शनिबार यूट्युबमा सार्वजनिक भएको यो गीत हालसम्म ४ लाख ३२ हजार भन्दा बढीले हेरिसकेका छन् ।

 

सम्बन्धित खवर