कटारी अस्पतालमा आकस्मिक र प्रसूति बाहेकका सम्पुर्ण सेवा बन्द

कटारी अस्पतालमा आकस्मिक र प्रसूति बाहेकका सम्पुर्ण सेवा बन्द

उदयपुर : उदयपुरको कटारी अस्पतालमा आकस्मिक र प्रसूति बाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ ।

अस्पतालमा उपचार गराई रिफर गरिएको विरामीमा कोभिड १९ को सक्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो ।

कटारी अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका गराई रिफर गरिएको विरामीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुलाई समेत कोरोना संक्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचार बाहेकका अरु सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।

स्वास्थकर्मीको स्वाब लिई क्वारेन्टाइन बस्नु पर्ने भएसँगै अस्पतालको केही सेवा बन्द गर्नु परेको कटारी अस्पतालका डा. राज कुमार गजमेरले बताउनुभयो ।

असोज १२ पछि अस्पताल बाट सेवा लिनु हुने सम्पूर्णलाई होम कोरेन्टाइनमा बस्न समेत अस्पतालले अनुरोध गरेको छ।

उहाँले भन्नुभयो, “यहाँ बाट रिफर गरिएको बिरामीलाई कोभिड–१९ पोजेटिभ देखाएको छ । यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना संक्रमण फैलन सक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गर्नु परेको हो ।’

यता बेलसोत प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलसोत चौकीमा रहेका १३ जना प्रहरीलाई चौकी भित्र नै कोरेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय कटारीका डिसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो।

अहिले बेलसोत प्रहरी चौकी बन्द भएको छ । कोरोना लागेका प्रहरी जवानलाई उदयपुरको कोभीड अस्पताल लगेको डिसपी भण्डारीले बताउनुभयो ।

सम्बन्धित खवर