डा. केसीको जीवनरक्षा माग गर्दै वीपीका डाक्टरहरु आन्दोलित

डा. केसीको जीवनरक्षा माग गर्दै वीपीका डाक्टरहरु आन्दोलित

धरान : अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा तथा उनका मागहरुप्रति ऐक्यवद्धता जनाउदै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर र जुनियर डाक्टरहरु आन्दोलित भएका छन् ।

चिकित्सा क्षेत्रमा व्यापाक सुधारको माग गर्दै पटक–पटक अनसनमा बसेका डाक्टर केसीसँग सरकारले लिखित सम्झौता गरेको थियो ।

सम्झौता कार्यान्वयन नभएपछि डाक्टर केसी पुनः १९ औं आमरण अनसनमा छन् । अनसन बसेको तीन साता बितिसक्दा पनि सरकारले औपचारिकरुपमा वार्ता टोली गठन नगर्दा तथा माग पुरा गर्नेतर्फ पहल नगर्दा डा।केसीको ज्यान जोखिममा परेको भन्दै डाक्टरहरु आन्दोलित भएका हुन् ।

बढुवालगायत विभिन्न माग राखेर आन्दोलनरत वीपी प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले डा।केसीको जीवन रक्षाको पनि माग गरेर आन्दोलन जारी राखेका छन् । उनीहरुले उपकुलपतिको कार्यालयअघि निरन्तर प्रदर्शन गर्दै आएका छन् । यस्तै, जुनियर रेसिडेन्टहरुले पनि डा।केसीको जीवन रक्षाको माग गर्दै चरणवद्धरुपमा आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित खवर