कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना

काठमाडौं : हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण भएको छ । आचार्यले सामाजिक सञ्जालमार्फत  आफु र पत्नी रमिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् ।  कोरोनाको सामान्य लक्षण देखिएपछि हिजो पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । त्यस्तै उनले आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आफुहरुको सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।  साथै जनस्वास्थ्यका मापदण्ड सबैलाई अनिवार्य पालना गर्न पनि अनुरोध गरेका छन् ।

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो | हाम्रो स्वास्थ्य अवस्था सामान्य छ | हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला |

यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं | कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं |

सम्बन्धित खवर