ट्रयाक्टरको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

इनरुवा : सुनसरी धरान उपमहानगरपालिका–१४ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय गोकुल तामाङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । धरानस्थित त्रिवेणी मार्ग भित्री सडकखण्डमा को१त ८८०१ नंको मिनी ट्र्याक्टरले को३०प १२९६ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए । घाईते तमाङलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मिनी ट्र्याक्टर र चालक तुलसी बिक प्रहरीको नियन्त्रणमा रहेको छ भने स्कुटर चालक सुस्मन मैनाली सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर