प्रदेश १ मा ३३० जनामा कोरोना संक्रमण

प्रदेश १ मा ३३० जनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश १ मा गएको २४ घण्टामा ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १३ महिला र ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला र ४ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २८ महिला र २६ पुरुष, इटहरीमा ६ महिला र १२ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, रामधुनीमा २ महिला र २ पुरुष, बर्जुमा १ महिला र ३ पुरुष, दुहवी, भोक्राहा नरसिंह र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला र २ पुरुष, झापाको भद्रपुरमा १ महिला र ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बा¥हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरि संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।

प्रदेश १ मा आज ६६६ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये १३५ पुरुष र १९५ महिला रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर