सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय वृद्धको बिहान ४ः२० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिनुभएको छ ।
मृतकमा मधुमेह र मुटु सम्बन्धी समस्या थियो । ज्वरोलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि अस्पताल भर्ना गरिउका उनलाई असोज १२ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।
योसँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।