संरक्षण अभावमा मोरङ जातेको नव देवकोटा पुस्तकालय भवन लाथालिङ्ग

संरक्षण अभावमा मोरङ जातेको नव देवकोटा पुस्तकालय भवन लाथालिङ्ग

कुमार खड्का

असोज १९, पथरी ।
संरक्षणको अभावमा मोरङ जिल्लाको लेटाङ-९ जातेमा रहेको पुस्तकालय भवन जीणर् बनेको छ ।
साविक जाते गाउविकास समितिकै बखत २०६१ सालमा स्थापना भएको सो पुस्तकालय अहिले संरक्षणको अभावमा जीणर् बनेको हो ।
तात्कालिन समयमा वसन्त हरियाली सामुदायिक वनको भवन सगै एउटा कोठामा स्थापना भएको नव देवकोटा पुस्तकालय अहिले वनको कार्यालय अन्यत्र सरे सगै लथालिङग अवस्थामा पुगेको छ ।


सञ्चालन भएको केही वर्षसम्म पुस्तकालयमा तात्कालिन समितिले एकजना कर्मचारी खटाएको थियो । तर, पछिल्लो समय कर्मचारी पाल्न नसक्ने अवस्थामा समिति पुगेपछि पुस्तकालयको अवस्था दयनिय वनेको तात्कालिन समितिका सदस्य पञ्चरत्न तिम्सीना बताउछन् ।
भवनको उचित रेखदेख र व्यावस्थापन हुन नसक्दा अहिले सो पुस्तकालयले सो क्षेत्रका जनप्रतिनिधि, बुद्धिजिवी, कलाकर्मी साहित्यकार सबैलाई गिज्याई रहेको छ । तर कसैको साथ भने पाउन सकेको छैन ।
२०६१ सालमा स्थानिय केही व्याक्तिहरुको पहलमा स्थापना भएको सो पुस्तकालयमा कुन-कुन विधाका कति पुस्तक थिए भन्ने सम्म अहिले कसै सग तथ्याङक नै छैन ।
सो क्षेत्रकै पुरानो पुस्तकालयको रुपमा रहेको नव देवकोटाको उचित स्याहार संम्हार हुन नसकिरहेका बेला सोही क्षेत्रमा अर्को लेखनाथ पुस्तकालयको स्थापना गरिएको छ ।


नव देवकोटाका केही पुस्तक अहिले थोत्रा र कामै नलाग्ने अवस्थामा पुगेका छन् । बाकी रहेका केही समाग्राी भने नजिकै रहेको श्री माध्यमिक विध्यालयले अहिले संरक्षण गरेर राखि रहेको विध्यालयका प्रधानाध्यक खेमराज दुलालले बताए ।
यता, लेटाङ नगरपालिका वडा नम्वर-९ का वडा अध्यक्षले पुस्तकालय भवन जीणर् भएका कारण नयाँ भवन निर्माण गरी पुस्तकालयलाई व्यवस्थित र आधुनिक रूपमा आउदो आर्थीक वर्ष बाट सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष कृष्ण लु्ईटेलले बताए ।
यता केही स्थानियले भने नगरपालिकाले समाजका सवै पक्षलाई उतिकै महत्वका साथ हेर्नु पर्नेमा भौतिक विकाश र सस्तो लोकप्रियतालाई मात्रै आत्मसाथ गरेको आरोप लगाएका छन् ।
सार्थ उनिहरुले अनुगमनका नाममा जनप्रतनिधिले बाटोमा सुकाएको विस्कुन उठाउने, उद्घाटनको रिवीन काट्ने र कार्याकर्तामुखी भएको बताएका छन् ।

सम्बन्धित खवर