सिरहामा होलिडे होटलबाट आठजना जुवाडे पक्राउ

सिरहामा होलिडे होटलबाट आठजना जुवाडे पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चौक स्थित होलिडे होटलबाट आठजना जुवाडेलाइ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी टोलिले होटेलमा जुवा खेलिरहेको अवस्थामा केही थान तासको सेट र नगद एक लाख पाँच हजारसहित आठजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका आठै जना माथी कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालले बताएका छन्। चाडवाड नजिकिएसँगै जुवा खेल्ने क्रम बढ्ने भएकाले प्रहरीले मिर्चैयाको विभिन्न होटल तथा लाजमा निगरानी बढाएको छ । होलिडे होटलमा यौन ब्यापार समेत हुने गरेको स्थानीयले आरोप लगाएका छन् ।

सम्बन्धित खवर