लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

रुपनदेही : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१३, बेलबासकी ६५ वर्षीया महिलाको राति ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनी आइतबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी थिईन । सोमबार आएको उनको पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर