इनरुवाबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

इनरुवाबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर : सुनसरीको इनरुवा ३ स्थित राजमार्ग एरियाबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको दुहबी १० का २६ वर्षीय दिपककुमार यादव र हरीनगर ६ का ३४ वर्षीय सहिद मिया रहेका छन् ।

पक्राउ परेका दुबै जनाले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाईछिपाई राखिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले लुकाएको बोरा चेकजाँच गर्दा १४० बोतल डायलेक्स डिसी, ३९६० क्याप्सुल स्पाज्मो–प्रोक्सिभन र १३५० निट्राभेट ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सुनसरीकै कोशी गाँउपालिका ३ नहर चोकबाट २८ वर्षीय कमरुदिन मिया लागुऔषधसहित पक्राउ परेका छन् । विशेष सुराकका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मियाले बोकेको झोला खोलेर चेकजाँच गर्दा ४५ बोतल डायलेक्स डिसी र ३२८ क्याप्सुल स्पाज्मो प्रोसक्सिभन प्लस फेला बारी बरामद गरिएको हो । यसरी लागुऔषधसहित पक्राउ परेका तीनै जनाउपर थप अनुसन्धान तथा कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर