दुई तला माथिबाट हाम्फालेर घाइते भएकाको उपचारका क्रममा मृत्यु

दुई तला माथिबाट हाम्फालेर घाइते भएकाको उपचारका क्रममा मृत्यु

विराटनगर : विराटनगर नर्सिङ होमको दुई तला माथिबाट हाम्फालेर घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । मोरङ मिक्लाजुङ गाउँपालिका ३ घर भएका ५३ वर्षे मृत गजमेरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

असोज १७ गते फोक्सोमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएका गजमेर आइसियुमा उपचाररत रहेकै बेला गर्मी भयो भन्दै बाहिर निस्किएर हाम्फालेर घाइते भएको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले उपचारकै क्रममा सोमबार बिहान उहाँको मृत्यु भएको हो र थप अनुसन्धान अघि बढेको बताउनुभएको छ ।

सम्बन्धित खवर