युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोद्वारा रोनाल्डोको प्रशंसा

युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोद्वारा रोनाल्डोको प्रशंसा

एजेन्सी : युभेन्ट्स प्रशिक्षक आन्द्रे पिर्लोले फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् ।

उनले नयाँ सिजनको सुरुवातमा रोनाल्डोको प्रर्दशनलाई लिएर प्रशंसा गरेका हुन् ।

प्रशिक्षक पिर्लोले युभेन्ट्सका फरवार्डले आफ्नो फर्मलाई आगामी दिनमा समेत निरन्तरता दिने विश्वास व्यक्त गरे ।

सिरि एको सुरुवाती दुई खेलमा रोनाल्डोले दुई गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेका छन् । रोनाल्डोकै उत्कृष्ट प्रर्दशनमा युभेन्ट्सले दुई खेलबाट ४ अंक जोडेको छ ।

आईतबार नापोलीविरुद्ध खेलअघि प्रशिक्षक पिर्लोले रोनाल्डोबाट धेरै गोल निस्कने आशा व्यक्त गरे ।

‘रोनाल्डो निकै मेहनत गर्छन् । उनी अभ्यासमा सबैभन्दा अघि आउँछन् र अन्तिममा जान्छन् ।’ पिर्लोले पत्रकार सम्मेलनमा भने ।

‘उनले उत्साह ल्याउँछन् । तिमी मैदानमा समेत त्यसको महशुश गर्न सक्छौ । उनले सिजनको सुरुवात राम्रोसंग गरेका छन् । मलाई अपेक्षा छ, उनी सिजनको अन्तिमसम्म यस्तै गर्नेछन् ।’ उनले थपे ।

‘म कामना गर्छु, उनी हरेक खेलमा एक वा दुई गोल गर्नेछन् । उनी हाम्रा लागि निकै महत्वपूर्ण छन् । रोममा हामी एक खेलाडी कम थियौं । उनले खेलको अन्तिमसम्म धेरै सहयोग गरे । उनी सबैका लागि एक उदाहरण हुन् ।’ पिर्लोले भने ।

रोनाल्डो सम्मिलित युभेन्ट्सले लियोनल मेस्सी रहेको बार्सिलोना, डायनामो किभ र फेरेनभेरोससंग च्याम्पियन्स लिगको समूह जीमा प्रतिस्पर्धा गर्नेछ ।

पिर्लो चुनौतीका लागि तयार देखिन्छन् । तर अक्टोबर २० मा किभको भ्रमण युभेन्ट्सका लागि महत्वपूर्ण रहने पिर्लो बताउँछ । युभेन्ट्स सन् १९९६ पछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको खोजीमा रहेको छ ।

‘हामी निकै राम्रो समूहमा छौ । बार्सिलोनासंग खेल्नु निकै महत्वपूर्ण हुनेछ । यसले खेलाडीलाई निकै जिम्मेवार बनाउनेछ ।’ पिर्लो भन्छन् ।

‘हामीलाई थाहा छ, हामीले धेरै खेल खेल्नुछ । तर मलाई लाग्छ, पहिलो खेल किभमा खेल्नु हाम्रो लागि राम्रो छ । अक्टोबरमा त्यहाँ डिसेम्बर भन्दा कम चिसो छ । हुन सक्छ, हामी दिउँमा खेल्ने छैनौ ।’ उनले थपे ।

सम्बन्धित खवर