मोटरसाईकलले ठक्कर दिँदा शसस्त्र प्रहरीको मृत्यु

मोटरसाईकलले ठक्कर दिँदा शसस्त्र प्रहरीको मृत्यु

विराटनगर : मोरङको बूढीगंगा गाँउपालीका १ स्थित टंकीसिनवारीमा मोटरसाईकलले ठक्कर दिँदा एक शसस्त्र प्रहरीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ ।

तावाहाङ पाँचथरमा कार्यररत शसस्त्र प्रहरीका सहायक निरीक्षक रहेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति ९ः२० बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा आइतबार बिहान १ बजेतिर मृत्यु भएको पोदारले बताए । मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुुल मियाँ फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । मियाँले चलाउदै आएको माृटरसाईकल अनटेष्टमा रहेको पल्सर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर