बेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना संक्रमण

बेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना संक्रमण

उदयपुर : उदयपुरको बेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा उहाँहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा ५४, ४२, ४०, ४३, २८ वर्षीय पुरुष र १८ वर्षीया युवती रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित मध्ये बेलका नगरपालिकाका मेयर ५४ वर्षीय दुर्गाकुमार थापा, ४२ वर्षीय चालक, ४० वर्षीय स्वास्थ्यकर्मी पनि संक्रमण पुष्टी भएको छ ।

यस्तै, नगरपालिकाका कर्मचारी ४३ वर्षीय पुरुष र मेयरका सहयोगी २८ वर्षीय पुरुष हुन् भने १८ वर्षीया युवती मेयरका भान्जी हुन् । असोज १३ गते मेयर थापाका बुबामा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि मेयर थापाले स्वाब दिएका थिए। मेयर थापाको बुवालाइ कोरोना लागेको ४ दिनपछी उनको रिपोर्ट पोजेटिभ आएको हो।

अहिले मेयर थापा सहित संक्रमीत सबै लाई चौदडीगढि नगरपालिकाको कोभिड अस्पतालमा राखिने बेलकाका स्वास्थ शाखा प्रमुख कमल चौधरीले बताए।

४ दिन अघि देखि थापा होम आइसोलेसन मा थिए। बेलका नगरपालिकामा वडाध्यक्षसहित समुदायका एक दर्जनभन्दा बढी व्यक्तिमा पनि यसअघि नै कोराना संक्रमण पुष्टी भइसकेको छ ।

उदयपुरमा कोरोना संक्रमितको संख्या ३२ महिलासहित १ सय २४ जना पुगेको छ । हालसम्म बेलका नगरपालिकामा ४०, त्रियुगा नगरपालिकामा ७०, कटारी नगरपालिकामा ७, चौदण्डीगढी नगरपालिकामा २ पुगेको छ ।

यस्तै, उदयपुरगढी गाउँपालिकामा २ र ताप्ली गाउँपालिकामा  जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण देखिएको छैन् ।

सम्बन्धित खवर