कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

कांग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको उनले जानकारी गराए ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले घरमै आइसोलेसनमा बसेको सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । उनले आफ्नो सम्पर्कमा आएकालाई सजगता अपनाउन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि अनुरोध गरेका छन् ।

सम्बन्धित खवर