विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित एक व्यापारी पक्राउ

विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित एक व्यापारी पक्राउ

विराटनगर : विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना व्यापारी पक्राउ परेका छन् ।

नेपालमा प्रतिबन्ध लागाएको ५ सय दरका भारु १ लाख ३२ हजार ५ सय रुपैयाँसहित इटहरीमा फलफूलको व्यापार गर्ने एक व्यक्त विराटनगरबाट शुक्रबार पक्राउ परेका हुन् ।

इटहरी १ मा डेरा बस्ने ४३ वर्षीय सन्तोष मेहतालाई सशस्त्र प्रहरीले प्रतिबन्धित नोटसहित विराटनगर–१६ हुलास मेटल चोकबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार धनुषा घर भएका मेहता इटहरी बजारमा ठेलामा फलफूलको विक्री वितरण गर्दै आएका छन् ।

दुई दिन अगाडि चोरबाटो हुँदै लुकीछुपी भारत गएका उनी नेपाल प्रवेश गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित नोटसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट रानी विराटनगरले उनलाई पक्राउ गरेको हो ।

झोला भित्र लुकाएर नेपाल ल्याएको भारतीय रुपैयाँ हुन्डी कारोबारको हुनसक्ने प्रहरीको आशंका छ । भारतीय पाँच सय रुपैयाँको नोट नेपालमा सरकारले प्रतिबन्धित लगाएको छ । बरामद भएको भारुतीय रूपैयाँको महतोले स्रोत पनि खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको भारु ५ सयको २ सय ६५ थान रहेको छ । बरामद भएको रकम नेपाली २ लाख १२ हजार रुपैयाँ हुन्छ । पक्राउ परेका महताले भने भारतमा बहिनीलाई सापटी दिएको पैसा फिर्ता ल्याएको बताएका छन् ।

बरामद भारतीय रुपैयाँ र पक्राउ परेका महतोलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी विराटनगरले जनाएको छ ।

सम्बन्धित खवर