नेकपामा नियुक्ति विवाद : सचिवालय बैठक बस्ने

नेकपामा नियुक्ति विवाद : सचिवालय बैठक बस्ने

काठमाडौं : पार्टीसँग परामर्श नगरी सरकारले राजदुत नियुक्तिको सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न भएको बेला सचिवालय बैठक बस्ने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

दुई अध्यक्षबीच शनिबार अपराहृन ४ बजे बैठक बस्ने सहमति भएको स्रोतले जनाएको छ । पार्टी तथा अर्का अध्यक्षसँग पनि परामर्श नगरी नियुक्तिको निर्णय गरेर प्रधानमन्त्रीले यसअघिको स्थायी समितिको बैठकको निर्णय उल्लंघन गरेको भन्दै नेकपामा नयाँ विवाद सुरु भएको छ ।

सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे छलफल हुने नेताहरुले बताएका छन् । सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्दै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित खवर