विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु

विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु

मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको छ ।

असोज ८ गते कोरोना पुष्टि भएका धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ६ वर्षीय बालकको बिहीबार अपरान्ह साढे ४ बजे मृत्यु भएको हो । बालकलाई असोज ९ गते विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको कलेजले जनाएको छ । अत्याधिक ज्वरोका कारण असोज पहिलो साता विराटनगर अस्पताल ९विराट नर्सिङ होम० मा भर्ना गरिएका बालकलाई कोरोना देखिएपछि विराटको आइसोलेसनमा राखिएको थियो ।

यसैबीच आइसोलेशन चार्जबाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेकोमा बालकको परिवारको आर्थिक अवस्था कमजोर रहेको बुझेपछि सबै मिनाहा गरिएको मेडिकल कलेजले जनाएको छ ।

सम्बन्धित खवर