जनमोर्चा उदयपुरका अध्यक्षसहित दर्जनबढी नेकपामा प्रवेश

जनमोर्चा उदयपुरका अध्यक्षसहित दर्जनबढी नेकपामा प्रवेश

उदयपुर : राष्ट्रिय जनमोर्चा उदयपुरका जिल्ला अध्यक्ष गंगध्वज कार्कीसहित एक दर्जन बढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

त्रियुगा नगरपालिका–६ लालपत्तामा बिहिबार एक कार्यक्रमका माझ राष्ट्रि जनमोर्चाका जिल्ला अध्यक्ष र कांग्रेसका केही कार्यकर्तासहित एक दर्जन भन्दाबढी कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा १ नम्बर प्रदेश सचीव तथा संघीय सासंद सुरेसकुमार राई (हिमाल)ले टीका र खादा लगायर प्रवेश गराउनुभएको थियो । नेकपाका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरी, नेकपा उदयपुर जिल्ला सचीव ईश्वरमणि राउत, प्रदेश सदस्य निरज पौडेल, जिल्ला कमिटी सदस्य किरण राई लगायतका प्रभावशाली नेताहरुको उपस्थिति रहेको थियो ।

नेकपा प्रदेश सचीव राईले सुभकामना दिदै कुशल कम्युनिस्ट नेता तथा कार्यकर्ता उत्पादन गर्ने पार्टी रहेको र विभिन्न कालखण्डमा नेता नारायणकाजी श्रेष्ठको पालादेखि नै पार्टी प्रवेशको लहर चलेको र अहिलेसम्म पनि निरन्तर रहिरहेको बताउनुभयो ।

जनमोर्चामा काम गर्दाको उहाँहरुको अनुभव योगदानलाई पार्टीले पहिलेदेखि नै उचित मुल्यांकन गरेको र अहिले पनि उचित मुल्यांकन हुनेमा ढुक्क रहन समेत नेकपा प्रदेश सचिव राईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर