मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाका राजदूत

मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त, युवराज खतिवडा अमेरिकाका राजदूत

काठमाडौं : नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त हुनुभएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिब लोकदर्शन रेग्मीले दिएको राजिनामा स्वीकृत गर्दै परराष्ट्र मन्त्रालयका सचिब रहेका बैरागीलाई मुख्यसचिब नियुक्त गरेको हो ।

बैठकले पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । यस्तै राजिनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदुत सिफारिस गरिएको छ ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको २ साताअघि राजीनामा दिएका थिए ।

सम्बन्धित खवर