कास्की कारागारमा ठुला चलखेल, आर्थिक अनियमितता र गुण्डागर्दी सम्म

कास्की कारागारमा ठुला चलखेल, आर्थिक अनियमितता र गुण्डागर्दी सम्म

पोखरा :  करिब ३ महिना अघि सुरज बर्माले (भारतीय नागरिक) कास्की कारागारमा आर्थिक अनियमितता गरेको तथा गुण्डागर्दी गर्दै नेपालीलाई ज्यान मार्ने धम्की दिएको समाचार आए पश्चात् कास्की कारागारले उनलाई तनहुँको कारागारमा सरुवा गरेको थियो। कारागारभित्र उनको एउटा छुट्टै गुट थियो जसको टोलिले भित्रको राशन पसल समेत संचालन गर्दै आएको थियो ।

बर्मा त्यहाँबाट सरुवा भएता पनि उनका गुटका माधब गुरुङ, बिमल घिमिरे र बिराज पराजुलीको एक समुहले उनी हुँदा जस्तो कार्यहरू गर्थे अहिले नि उनीहरूहरु सोही कार्यमा सक्रिय रहिरहेको र कारागारमा गुन्डागर्दी प्रदर्शन गर्दै आएको र कैदीलाई दुःख दिदै आएको एक कैदीले हामीलाई उनको नाम नखुलाउने सर्तमा जानकारी दिए । कारगारमा यस्ता हर्कत हुनेगरेको जानकारी पछि कैद भुक्तान गरेर बाहिर रहेकाहरुसंग बुझ्दा उनिहरुले बुँदागत रुपमा हामीलाई यस्तो जानकारी दिएका छन् ः

१. सुरज बर्माको टोलिले अहिले के गर्छन कारागारमा ?

अहिले बर्माको टोलिमा मुख्य ३ जना छन्, माधब गुरुङ, बिमल घिमिरे र बिराज पराजुली। त्यसमध्ये पनि बिमल घिमिरे त्यो समुहको नाइके हुन्। उनीहरूले अझैपनी बर्माको नाममा गुण्डागर्दी गर्दै अन्य कैदीलाई घम्काउँदै आफ्नो दबाबमा राख्छन् जसको पीडा मैले पनि भोग्नु पर्यो।

२. ती ३ कैदीको बारेमा के थाहा छ तपाईंलाई ?

माधब गुरुङ बर्माद्वारा संचालित दोकानको कामदार हुन्। उसलाई बर्माले आफ्नो बिश्वासिलो पात्रका रूपमा लिइने गरेकाले बर्माले उनलाई कता–कता पैसा खुवाएर कुरा मिलाएर चौकीदार बनाएको हामीले सुनेका थियौँ भने बिमल घिमिरे भन्ने चाहिँ अहिले कास्की कारागारमा बर्माको समुहका नाइके हुन्, उनी विभिन्न गतिविधिमा सक्रिय रहकाले उनी विभिन्न क्षेत्रका कारागारमा सरुवा भइराखेको हामीले बुझेका थियौँ। उनी यसभन्दा अघि तनहुँ कारागार, काठमाडौँ कारागार पनि बसिसकेका रहेछन्। अहिले उनी कारागार भित्रको महत्त्वपूर्ण पद (दाइ नाइके) रहेका छन् तर उनको दाइ नाइके बन्ने समयावधि भने पुगेको थिएन। साथै घिमिरे अहिले कारागारभित्रका मेडिकल नाइके पनि हुन्। उनले कैदीहरुसंग पैसा लिएर नक्कली बिरामीको पत्र बनाएर अस्पताल लाने भनी बाहिर घुम्न जाने गरेको समेत हामीले थाहा पाएका हौंँ। उनले बिरामीलाई लापरबाही गर्ने गरेको म स्वयं बिरामी भएर बस्दा मैले नि अनुभव गरे। अर्का सदस्य हुन बिराज पराजुली उनले ती दुबैको साथ दिदै आएका छन्।

३. तपाईँसग कारागार भित्रको अन्य केही गुनासो छ ?

मेरो मात्र हैन धेरै कैदीहरुको मेरो जस्तो गुनासो छ। जेलरको पनि कारागार भित्र छुट्टै संसार भएको देख्यौँ हामीले। म कैदीको रुपमा भित्र हुंदा गणेश गौतम जेलर हुनुहुन्थ्यो जो अहिले नि बर्तमान जेलर हुनुभयो। उहाँले नाइके मिनाहा भन्ने कार्यमा पैसा लिने गर्नुहुन्थ्यो, आफुसंग केन्द्रीय सरकारको राम्रो पहुँच रहेको दाबी राख्दै विभिन्न आश्वासन पनि बाड्दै पैसा उठाएर सेवा सुबिधा दिनुहुन्थ्यो। कति सम्म कि पैसामा कुरा मिलाएर कैदीलाई मोबाइल, ट्याब चलाउन समेत दिनुहुन्थ्यो। साथै उहाँले कैदीबन्दीलाई गुणस्तरहिन लत्ताकपडा, सिरक, डसनाहरु बितरण गर्नुहुन्थ्यो, गुणस्तरहिन भएकाले केहि कैदीले प्रयोग नगरेकाले त्यो अझैपनी स्टोर गरि राखिएको छ।

पुर्ब कैदीहरुले यस्ता कार्यमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन र अरुले न्याय पाउन आफुहरुले सरकारी निकायलाई यस बिषयमा जुनै बेला पनि जस्तो सहयोग गर्न पनि आफुहरु तयार रहेको बताए। जिम्मेवार पक्षले यस विषयमा ध्यान दिए आफुहरुले गर्नुपर्ने सहयोगका लागि तयार रहेको समेत कैद भुक्तान गरेकाहरुले बताएका छन् ।

सम्बन्धित खवर