दिनमा १० जनासम्म ग्राहकको यौन प्यास मेटाउने १९ बर्षिय यौनकर्मी युवतीको अनुभव

दिनमा १० जनासम्म ग्राहकको यौन प्यास मेटाउने १९ बर्षिय यौनकर्मी युवतीको अनुभव

राजेन्द्र महतो, सिरहा
कोरोना संक्रमणका कारण अपरीचितसँग कुराकानी गर्न समेत डराउने वर्तमान समयमा पनि आफ्नो दैनिकीमा कुनै परीवर्तन नआएको बताउने एक यौनकर्मी महिलाले आफ्नो भोगाई विना संकोच हामीसँग वताइन्।


सिरहा जिल्लाको गोलबजारस्थित एक लजमा काम गर्दाको आफ्नो यथार्थ कथाको सनसनीपूर्ण खुलासा उनले गरेकी छन् ।
गोलबजारको एक होटलमा हाम्रा सहकर्मी राजेन्द्र महतोले १९ बर्षिय यौनकर्मी खुशी थापा ( नाम परिवर्तन) सँग गरेको प्रश्नको जवाफ फर्काउने क्रममा आफ्नो कथा उनले खुलस्त भनेकी छन् ।
काठमाडौं घर भएकी खुशीले आफ्नो आम्दानीको बारेमा खुलासा गर्दै आफुले १ हप्तामा सरदर ३० देखि ४० हजारसम्म कमाउने गरेको बताइन् ।
कोरोना भाइरसको संक्रमणको बेला यसरी ग्राहकहरुसंग सम्पक हुदाँ संक्रमणको जोखिम हुन्छ, रोग लाग्ला भन्ने डर लाग्दैन भन्ने हाम्रो प्रश्नमा हल्का मुस्कुराउदै कोरोना हामीलाई लाग्दैन, रमाइलो र पैसा भएपछी भइहाल्यो नि, लागे पनि निको आफँै भइहाल्छ भन्ने जवाफ सहजै दिइन् ।
आफुलाई ६ महिना अघि एक साथीले झापाको होटेलमा काम लगाइदिन्छु भनेर त्यहाँ लगेको रहेछ । होटल संचालकले ग्राहकसंग यौनसम्पर्क गरेपछि राम्रो कमाइ हुन्छ भनेर देहव्यपारमा संलग्न गराएका रहेछन् । १ हप्ता ग्राहकहरुको यौन प्यास मेटाउदा सन्चालकले आफुलाई ४० हजार रुपैयाँ दिएको उनले बताइन्। त्यसपछि त रमाइलो सँगै पैसा दुबै भएपछि यौन पेसा अपनाएको उनी बताउछिन् ।
वैशं रहुन्जेल त यो पेशा रोजौला, बुढी भएपछि के गर्छौ ? अनुहारमा चाउरी परेपछि यो पेशा त चल्दैन भनेर प्रश्न गर्दा प्रायले यहि प्रश्न गर्ने गरेको र यस्ता व्यक्तिगत प्रश्नहरु दैनिक रुपमा आउँदा त्यसले आफुलाई आजित पार्ने गरेको उनले बताइन् ।
आफुले यो पेसालाई अब चाडै छोडने भन्दै कमाएको पैसाबाट ट्याटु आर्टिस्ट बन्ने उनको धोको रहेको समेत सुनाउन भ्याइन् ।
वेश्यालयमा आउने सबै पुरुषहरु केवल यौन प्यास मेटाउन मात्र नआउने उनको अनुभव रहेछ । कतिपय ग्राहकहरु यौनकर्मी महिलासँग नजिकिन, अन्तरंग कुराकानी गर्न तथा रमाइलो गर्न मात्र पनि समेत आउने रहेछन् ।
आफुले केही वर्ष पहिला धरानको एकजना केटासँग प्रेम विवाह गरेको सुनाउदै उनले पछि ऊसँग डिभोर्स भएको र अब अरु कसैसँग पनि विवाह नगर्ने भन्दै आफुसँग भएको पैसाले ट्याटु पसल खोलेर ट्याटु आर्टिस्ट बन्ने उनले बताइन्। अहिले यौन व्यवसायलाई वाध्य भएर अंगालीरहेकी उनले रमाइलो पारामा ग्राहक सँगको सम्पर्कमा कण्डम प्रयोग गर्नै पर्ने कडा नियम रहेको सुनाइन्।
‘मेरो र ग्राहकको स्वास्थ्य सुरक्षा यौन सन्तुष्टि भन्दा धेरै महत्वपूर्ण कुरा हो, उनी भन्छिन् । दिनमा १० जनासम्म ग्राहकको यौन प्यास मेटाउने ति १९ बर्षिय यौनकर्मी युवतीले यो पेशा आफ्ना रहर भन्दा वढि वाध्यता रहेको पनि सुनाइन् ।

 

सम्बन्धित खवर