पोखरामा बच्चा जन्मिएको २० घन्टामा नै कोरोना संक्रमण

पोखरामा बच्चा जन्मिएको २० घन्टामा नै कोरोना संक्रमण

पोखरा : पोखरामा बुधबार एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएका पोखरा ४ का २० घण्टाका नवजात शिसुसहित थप ३ जनामा कोरोना देखिएको हो। नवजात शिसुलाई  सोही अस्पतालको एन.आई.सि.युमा राखेर उपचार भइरहेको  निर्देशनालयले जनाएको छ ।

त्यसै गरि पोखरा  २ का ६५ वर्षीय पुरुष तथा पोखरा  २० का  ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको  छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।

सम्बन्धित खवर