उदयपुरमा लागूऔषध र्दुव्यसनी बढ्दो अवस्थामा

उदयपुरमा लागूऔषध र्दुव्यसनी बढ्दो अवस्थामा

 उदयपुर : उदयपुरमा पछिल्लो समय लागुऔषध र्दुव्यसनी बढ्दो क्रममा रहेको छ।

प्रहरी प्रशासनले लागुऔषध ओसारपसार गर्ने, प्रयोग गर्ने गिरोहलाई कडाइका साथ पक्राउ गरि रहेको छ। “प्रहरी जति पक्रिन्छ, प्रयोगक्रताहरु उतिनै बढेर गएको पाइन्छ।”

प्रहरीले पक्राउ गरेको अधिकांशले लागूऔषध फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाईट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाईजोपाम सहित गाँजासमेत बरामद गरिएको पाईन्छ ।

त्यसैगरी आव २०७६र ७७ मा ६१ जनालाई पक्राउ गरी ५८ जनालाई लागूऔषध मुद्दा दर्ता गरिएको थियो । लकडाउन अवधिमा ४४ जनालाइ पक्राउ गरेर २२ जनालाइ लागूऔषध मुद्दा चलाइएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

केहि दिन अघि मात्रै प्रहरीले ८ जना युवाहरु सहित ठुलो मात्रामा लागूऔषध नियन्त्रण गरेको थियो । प्रहरीले जिल्लामा ‘स्पेपसल युनिट’ गठन गरेर सक्रियता बढाएको र ठुलो मात्रामा लागूऔषध सहित ओसारपसार, प्रयोग गर्ने व्यक्ति समुहलाई पक्राउ सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ९एसपी० भिम बहादुर दाहालले बताए ।

एसपी दाहालले भन्ने, ‘प्रहरीले मात्र लागूऔषध नियन्त्रण गर्न सक्दैन, प्रहरी प्रशासन सँगै बिद्यालय, कलेज, स्थानीय सरकार, समाज, लागूऔषध सम्बन्धि काम गर्ने सरोकारवाला निकाय र घर अविभावकहरु लागि पर्नु पर्छ । अनि मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ।’

पक्राउ पर्नेमा अधिंकाश युवा तथा किशोर अवस्थाका रहेको र लागूऔषध र्दुव्यसनी युवाहरु फस्नमा घरपरिवार समेत जिम्मेवार रहेको (एसपी) दाहालले बताए ।

नेपालमा प्रतिबन्धित लागू औषधहरू भारतका सीमावर्ती बजारहरूमा खुलमखुला रूपमा खरिदबिक्री हुनु र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई टाउको दुखाइ बनेको छ ।

बिद्यालय, कलेज खुलेपछि अवैध लागूऔषध न्यूनीकरण, सेवनबाट हुने र यसको कारोबार नियन्त्रणका लागि प्रहरीले उदयपुरका विद्यालयहरुमा पुगेर विद्यार्थीहरलाई कक्षा सञ्चालन गरी जनचेतना अभियान चलाउने तयारीमा रहेको (एसपी) दाहालले जानकारी दिए ।

उनले भने, ‘ जिल्लाको सीमा नाका र बजार क्षेत्रमा समेत लागू औषध नियन्त्रण र न्यूनीकरणमा कडाइ गरिएको छ ।’

सम्बन्धित खवर