ओरेक नेपालद्वारा रंगेलीमा गर्भवती र सुत्केरीलाई खाधान्न वितरण

ओरेक नेपालद्वारा रंगेलीमा गर्भवती र सुत्केरीलाई खाधान्न वितरण

रंगेली : महिला पुर्नस्थापना केन्द्र (ओरेक नेपाल) मोरङ्ग परियोजनाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गर्भवती र सुत्केरी महिलाहरुमा परेको मनोसामाजिक असर न्युनिकरणका लागी मनोविमर्श सेवा तथा खाधान्न वितरण थालेको छ ।

ओरेक नेपालले मोरङ्गको रंगेली नगरपालिका वार्ड नं. ४ र ५ मा मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी करिव ५० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई मनोविमर्श सेवा दिई उनिहरुलाई पोषिलो खाधान्नसहित राहत सामाग्री समेत उपल्वध गराएको हो ।

लकडाउनको अवधिमा रोजगारी गुमाउदा अति विपन्न परिवारका गर्भवती र सुत्केरी महिलाहरुले अझ बढि मनोसामाजिक समस्या भोग्नु परेकाले उनिहरुलाई स्थानियस्तरमै मनोविमर्श सेवा र केही पोषिलो खानेकुराको उपल्वध गराउदा उनिहरुले भोग्नु परेको समस्या न्युनिकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको संस्थाका मोरङ्ग जिल्ला संयोजक दिपक सेन्चुरीले जनाकारी दिए ।

सहभागी गर्भवती तथा सुत्केरी महिलाहरुलाई रंगेली नगरपालिका उप मेयर केशव कुमारी खराल, वडा नं।४ का वडाध्यक्ष भुपेन्द्र मण्डल, महानन्द मण्डल सहित वडासदस्य गोविन्द मण्डल, ओरेक नपाल मोरङ्ग परियोजना संयोजक दिपक सेन्चुरी लगायतले पोषिलो राहत सामाग्री वितरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथी समेत रहनुभएकी रंगेली नगरपालीका उपमेयर केशव कुमारी खरालले विपदको बेला ओरेक नेपालले गर्भवती र सुत्केरी महिलालाई प्रदान गरेको राहत र मनोविमर्श सेवाको प्रशंसा गर्दै नगर महिलाहरुको समस्यामा सबै संग हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो ।

उक्त अवसरमा ओरेक नेपाल को मनोविमर्शकर्ता उर्मिला निरौला र देमन्ती राजवंशीले परामर्श सेवा उपल्वध गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण गोमा भण्डारी र लक्ष्मी निरौलाले गर्नुभएको थियो ।

यस अघि ओरेकले सुन्दरहरैचा नगरपालिका वडा नं. ४ र ९ का ५४ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई मनोविमर्श सेवा र पोषिलो राहत सामाग्री उपल्वध गराएको संस्थाले जनाकारी दिएको छ ।

सम्बन्धित खवर