सुनचाँदी व्यवसायी बर्माको शव फेला

सुनचाँदी व्यवसायी बर्माको शव फेला

चन्द्रौटा, कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । उहाँ गत शनिबार साँझ घरबाट घुम्नभनी निस्कनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा आज फेला परेको जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताउनुभएको छ ।

सम्बन्धित खवर