सुनसरी : मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युट प्रालिले सुनसरीको इनरुवा नगरपालिका क्षेत्रका ६५ अति विपन्न परिवारका महिलाहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सिपमुलक तालिम लिएर पनि बेरोजगार बस्नु परेका उनिहरुलाई मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्टले राहत उपलब्ध गराएको हो ।
इनरुवा नगरपालिका वडा नं.३,४,५,७,९ र १० का ६५ परिवारका बेरोजगार महिलाहरुलाई आयोजित एक कार्यक्रमका विच राहत सामाग्री प्रदान गरिएको हो ।
उनिहरुलाई चालम, तेल, दाल, नुन, चिनी, सेनिटाइजर, सेनटरी प्याड, टुथपेस्ट, ब्रस लगायत १५ किसिमका सामाग्री दिइएको छ ।
उक्त राहत सामाग्री इनरुवा नगरपालिका ८ कि दलित महिला सदस्य सलिता सदा, वडा नं.९ कि महिला सदस्य रंन्जना चौधरी र मनकामना ट्रनिङ एण्ड स्किल डेभलपमेन्ट इन्स्टिच्युटका क्षेत्रीय संयोजक गणेश दाहालले राहत समाग्री हस्तान्तरण गर्नुभएको थियो ।