नौलो घुम्तीद्धारा सचेतना तथा सरसफाई सामग्री वितरण

नौलो घुम्तीद्धारा सचेतना तथा सरसफाई सामग्री वितरण

पोखरा : कारोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो क्रममा रहेको छ । हरेक बस्ती तथा समुदायमा फैलिदो क्रममा छ । यसै सन्र्दभमा सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उधमशिलताभन्ने मुल नारा सहित ४१ औं सामाजिक सेवा दिवसको अवसर पारी गुड नेर्बस इन्टरनेश्नल तथा नौलो घुम्ती नेपालको आर्थिक तथा प्रविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं १७ को समन्वयमा पोखरा १७ स्थीत प्रगती टोलमा रहेका करिब ७५ घरधुरी लाई लक्षित गरि कुल १००० थान सर्जिकल मास्क, २२५ थान साबुन, ७५ थान दन्त मन्जन, ३७५ थान दन्त ब्रस र पर्चा वितरण गरी सरसफाई तथा कारोना सचेतना कार्यक्रम गरेको थियो ।

उक्त सामग्रिहरु महानगरपालिका वडा नं १७ का कार्यबहाक अध्यक्ष तारा परियार र शान्ता गुरुङ्ग नोलो घुम्ती नेपालका अध्यक्ष खड्ग बहादुर रानाभाट, निबर्तमान अध्यक्ष मेहरमान श्रेष्ठ, सचिव मिनाकुमारी गुरुङ्ग, कोषाध्यक्ष मंगल नेपाली, कार्यकारी निर्देशक अनेश गुरुङ्ग, गुड नेर्बस इन्टरनेश्नलका टुपेन्द्र खुलालद्वारा घर घरका सामाजिक दुरी कायम गर्ने गरी संयुक्त रुपमा प्रगती टोल विकासका सल्लाहकार कमल पुन, सचिव सरस्वती बासी र प्रगतिशिल आमा समुहकी उपाध्यक्षलाई हस्तान्तरण गरियो ।

कार्यक्रममा जनस्वास्थ्य साहयक सुस्मिता आचार्य र हेल्थ एसिस्टेन्ट क्षितिज गुरुङ्गद्वारा संयुक्त रुपमा कारोना सम्बन्धि जानकारी, समुदायस्तरमा सबैले ध्यानदिनुपर्ने मुख्य कुराहरु, सरसफाई तथा सन्तुलित आहारको महत्वका बिषयमा सहजिकरण गरेका थिए भने कार्यक्रमको संचालन नौलो घुम्ती नेपालकी लघु उद्यम विकास अधिकृत नेहा शाहीले गरेकी थिइन ।

सम्बन्धित खवर