उदयपुर । उदयपुरमा माईती घरबाट फर्कदा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका २ बस्ने ५५ वर्षीया मैया लुङगेली मगरको खोलाले बगाउँदा मृत्यु भएको छ ।
गएको राति माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।