रतुवामाईका ३०५ घरधुरीमा फुसको छानो हटाई जस्तापाता लगाइने

रतुवामाईका ३०५ घरधुरीमा फुसको छानो हटाई जस्तापाता लगाइने

प्रबेश बिष्ट, इटहरा : नेपाल सरकारको सुरक्षित आवस कार्यक्रम अन्र्तगत रतुवामाई नगरपालिकाका ३०५ घरधुरीमा फुसको छानो हटाई जस्तापाता लगाईने भएको छ ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले फुसको छानो हटाउने कार्यक्रम तय गरेको ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाई ( गोपी ) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर १ देखि ५ सम्म प्रत्येक वडामा ३६ घरधुरीका दरले र वडा नम्बर ६ देखि १० सम्म २५ घरधुरीका दरले फुसको छानो हटाई कर्कटपाता लगाईने छ ।

नगरका दक्षिणी वडाहरुमा विपन्नहरुको बाहुल्य भएकाले ती वडाका वासिन्दालाई प्राथमिकतामा राखेर योजना सञ्चालन गरिन लागेको वडा अध्यक्ष चापागाईको भनाई छ ।

९ नम्बर वडाका वडा अध्यक्ष इन्द्रबहादुर चोङवाङले सुरक्षित आवस कार्यक्रमले विपन्न वर्गका नागरिकलाई ठुलो राहत दिने बताउनुभयो । उहाँका अनुसार यस सम्बन्धी चाडै नगरपालिकाबाट कार्यविधि सहितको पत्र वडा कार्यलयहरुले पाउने छन् र सोही अनुसार वडा कार्यलयहरुले सेवाग्राहीका लागि सार्वजानिक सुचना प्रकाशित गर्ने छन् ।

सम्बन्धित खवर