नोबेलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

नोबेलमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छध ।

झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो १ बजे नोबेलको आइसोलेसनमा मृत्यु भएको हो ।

नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार भइरहेको थियो । श्वासप्रश्वासको समस्या लिएर असोज ३ गते अस्पतालमा भर्ना भएका उनमा उपचारकै क्रममा कोरोना देखिएको थियो ।

मृतक पुरुषमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी समस्या रहेको बताइएको छ ।

सम्बन्धित खवर