प्रदेश १ मा गएको २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा गएको २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा गएको २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७ महिला र ७ पुरुष, इटहरीमा २ महिला र ९ पुरुष, दुहवीमा ३ महिला र ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङको विराटनगरमा ६ महिला र १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ ।

उता ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला र २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।

प्रदेशबाट सोमबार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म २ हजार ८६८ जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित खवर