वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरीको धरानका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान २ की ३८ वर्षीया महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार उनको ती महिलाको बिहान ५ बजेर ४५ मिनेटमा निधन भएको हो । मृतकलाई आइतबार राति ११ः५० बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिनुभयो ।

मृतकलाई कोरोना संक्रमण भएको रिपोर्ट विहान आएको हो । मृतकलाई ज्वरो, खोकी, श्वास प्रश्वासमा कठिन र नियोनियाको लक्षण देखिएर अस्पताल लगिएको थियो । उनलाई दीर्घरोग नभएको जानकारी परिवारले दिएको भएपनि ब्लड सुगर देखिएको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खवर