नेपालमा आज थप १५ सय ७३ जनामा कोरोना संक्रमितको पुष्टि भएको छ ।
देशभरबाट आज ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै आज १० हजार १ सय २३ पिसिआर परीक्षण भएको छ भने भने देशभर हाल १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्।
यसैगरी देशभर संस्थागत आइसोलेसन ८ हजार ३ सय २१ रहेका र होम आइसोलेसन १० हजार ६ सय ९८ जना रहेका उनले बताए। क्वारेन्टाइनमा रहनेको संख्या भने ६ हजार २ सय ८१ रहेको मन्त्रालयले जनाएको छ ।