बीपी प्रतिष्ठानमा उपचाररत एकको मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत एकको मृत्यु

 

धरान : प्रदेश नम्बर २ को सप्तरी जिल्लाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा धरानमा आज बिहान मृत्यु भएको छ। भेन्टिलेटरमा राखेर दुई दिन देखि उपचाररत उनको आज बिहान १:३० बजे मृत्यु भएको हो ।

असोज ८ गते बिराट मेडिकल कलेजले रिफर गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले पुष्टि गरेका छन् ।

सप्तरीको राजविराज नगरपालिका -३ का स्थायी बासिन्दा ६३ वर्षीय उनिमा ज्वोरो रुघाखोकी तथा स्वासप्रस्वासमा समस्या देखिएको थियो।उनमा अन्य कुनै दिर्घ रोग नदेखिएको पनि अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर