प्याज पुन ६० रूपैयाँमा बिक्रीवितरण

प्याज पुन ६० रूपैयाँमा बिक्रीवितरण

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्री कक्षबाट प्रतिकेजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न थालेको छ ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली विक्री कक्षबाट सर्वसाधारणलाई प्रतिकेजी ६० रूपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । ‘हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफै बेच्न थालेको हौ, उनले भने ।

उनका अनुसार ५२ रूपैयाँ राजस्व र ८ रूपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको बताइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए ।

सम्बन्धित खवर