गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ

गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ

विर्तामोड । झापाको अर्जुनधारा ५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० वर्षीय ईमन दाहाल,२७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षकै टिकाराम दनुवार रहेका छन् ।

शनिबार बिहान गोरु काटेर खाई गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको उजुरी आएपछि प्रहरी चौकी शनिश्चरेले उनीहरुलाई नियन्त्रणमा लिएको हो । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई तिनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । उनीहरुले गाडेको गोरुको टाउको र खुट्टासमेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर