समाचार प्रभाव ः ७३ वर्षीय मनमायाले पाईन् नागरिता

समाचार प्रभाव ः ७३ वर्षीय मनमायाले पाईन् नागरिता

कुमार खड्का, उर्लाबारी

मोरङको उर्लावारी २ डुम्रेकी एक ७३ वर्षीय मनमाया थापामगरले नागरिता प्राप्त गरेकी छिन् । केही समय अगाडी ७३ वर्षीय आमा नागरिता विहिन भएको सुचना हामीले प्राप्त गरेका थियौ र उनको गुनासोलाई समाचार बनाएर प्रदेश दैनिकमा प्रकशन गरे पश्चात वडा अध्यक्ष राजन कुमार कँडेलले पहल गरेर मनमायालाई नागरिता दिलाई दिएका हुन् ।

विहान बेलुकाको छाक टार्न निगुरो र दाउरा बेच्दै गुजरा गर्दै आएकी थिइन् । हातखुट्टाले भारी उचाल्न नसक्ने भएपछि नागरिता बनाएर बृद्धा भत्ता थाप्ने र राम्रो लागाउने मिठो खाने सपना बोकेर बसेकी मनमायाको सपना पुरा हुदा खुसि व्यक्त गरिन् ।

मोरङको उर्लावारी २ डुम्रेमा २०३६ साल देखी स्थायी रुपमा वसोवास गर्दै आएकी ७३ वर्षीय मनमाया सेतै फुलेको केश मुजा परेको अनुहार लिएर विगत लामो समय देखी नागरिकता प्राप्तीका लागि स्थानिय सरकार, ईलाका प्रशासनमा धाउदा पनि नागरिता प्राप्त गर्न सकेकी थिइनन् बरु उल्टो उनलाई प्रमाण नपुगेको भन्दै फर्काईदिएर हैरानी दिने गरेको दुखेसो उनले हामीलाई पोखेकी थिइन् ।

अत्यन्तै नाजुक आर्थिक अवस्थाको सामना गर्दै आएकी उनका ३ वहिनी छोरी र एक भाई छोरा छन् । बुढेसकालमा सवै छोरी लाखापाखा लागे भने एउटा भएको छोरा पनि करिव ३० वर्ष अगाडि नै पैसा कमाउन भारत छिरेका अहिले सम्म फर्कीएर नआउदा बृद्धा दम्पतीले कष्टपूर्ण अवस्थामा जिवन विताई रहेकी थिए ।

यता वडा अध्यक्ष कँडेलले भने नेपालमै जन्मेर पनि राज्यले प्रदान गर्दै आएको सेवा सुविधाबाट वञ्चित कोही नागरिक भेटिएको खण्डमा उनिहरुलाई स्थानिय सरकारको अनुभूतिसंगै राज्यको पहुचमा पुर्‍याउन आफु लागि पर्ने बताए ।
नेपाली नागरिक भएर पनि राज्यको दृष्टि उनिमाथी पर्न नसक्दा मनमायाले ७३ वर्ष सम्म पनि औपचारिक रुपमा नेपाली नागरिक हुनबाट वञ्चित हुनु परेको थियो जसको कारण राज्यले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्र्तगतको बृद्धा भत्ता पाउनबाट उनि वञ्चित रहेकी थिईन् तर अव उनको त्यो सपना पुरा भएको छ ।

मनमाया एक प्रतिनिधि पात्र मात्रै हुन् । गाउँठाउँ दुरदराजमा अझै सम्म पनि सहज रुपमा राज्यको दृष्टि पुग्न नसक्दा औपाचारिक रुपमा नेपाली नागरिक हुनबाट बञ्चित कयौँ नागरिकहरु रहेका छन् जो राज्यले नै प्रदान गर्दै आएको सेवा सुविधाबाट वञ्चित छन् ।

यस्ता पिडितलाई राज्यको सिधापहुँचमा पुर्‍याउन स्थानियतहमा निर्वाचित सरकारले कँडेलले झै काम गरे सवै ओझेलमा परेका नागरिकको राज्य सग पहुच हुने थियो ।

सम्बन्धित खवर