सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु

सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु

विराटनगर : सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ ।

घाँस काट्न गएको बेला अचानक लडेर बेहोस भएपछि शुक्रबार दिउँसो उपचारका लागि लैजाँदै गर्दा सुनसरी इनरुवा ९ की दुखनीदेवी खत्वेको मृत्यु भएको छ ।

यता मोरङको सुन्दरहरैंचा १२ का ३५ वर्षे कुमार उरामनको शुक्रबार अपरान्ह लडेर ज्यान गएको छ । अपरान्ह ४ बजे स्थानीय पञ्चकन्या सेन्टरी हार्डवेयरमा सिमेन्ट बोक्ने काम गरिरहेको बेला अचानक लडेका उमरानको मृत्यु भएको हो ।

सम्बन्धित खवर